दफा
विज्ञापनमा विज्ञापनकर्ताको नाम, ठेगाना तथा चेतावनीमूलक सन्देश उल्लेख गर्नु पर्ने
(१) विज्ञापनमा जसको तर्फबाट विज्ञापन गरिने हो त्यस्तो व्यक्तिको नाम, ठेगाना स्पष्ट रुपले उल्लेख हुनु पर्नेछ ।
(२) बिज्ञापन गरिएको वस्तु वा सेवाको प्रयोग गर्दा हुन सक्ने असर वा अवलम्बन गर्नु पर्ने सचेतनाको विषयमा विज्ञापनमा उपयुक्त तवरले चेतावनीमूलक सन्देश समेत उल्लेख गर्नु पर्नछ ।